दमौली । प्रजातान्त्रीक विचार समाज, तनहुँले आयोजना गरेको अन्तर क्याम्पस स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा जनज्योती कयाम्पस भिमादका विवश पराजुलि प्रथम भएका छन् । ‘लोकतन्त्रका आधारभुत स्तम्भहरु’ शिर्षकमा भएका प्रतियोगितामा ६ क्याम्पसका १० विद्यार्थीलाई पछि पार्दै पराजुलि प्रथम भएका हुन् ।
यसै गरि प्रतियोगितामा भानुभक्त बहुमुखी क्याम्पस बेलचौतराका हरि खरेल द्धितीय भएका छन् । प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पसकी अलिषा वांशी ठकुरी तृतीय भएकी छिन् भने महर्र्षी वेदव्यास गुरुकुल शिक्षालयका प्रवेशचन्द्र घमिरे सान्त्वना भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः एक हजार आठ सय, पन्ध्र सय, हजार र आठ सय साथमा प्रमाण पत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रजातान्त्रीक विचार समाज नेपालका वरिष्ट उपाध्यक्ष कुलचन्द्र वाग्लेले सोचे अनुरुप लोकतन्त्रको संस्थागत विकास हुन नसकेको बताए । उनका अनुसार विपिको मार्ग निर्देशन अनुसार देशको शासन व्यवस्था अगाडी बढाउदाँ हरेक जनताले लोतन्त्रको प्रत्याभुति गर्न पाउनेछन् ।
प्रजातान्त्रीक विचार समाजको जिल्ला अध्यक्ष ब्रह्मदत्त तिमिल्सेनाको सभापतित्वमा सम्पनन कार्यक्रममा जिलला सचिव प्रदिप घिमिरेले कार्यक्रम संञ्चालन गरका थिए ।