खैरेनीटार । तनहुँको शुकलागण्डकी नगरपालिका–६ खैरेनीटारमा भोलि (बिहीबार) देखी शुक्लागण्डकी महोत्सव सुरु हुने भएको छ । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटन प्रवद्धन, शुक्लागण्डकी महोत्सव, कला सिप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ महोत्सव सुरु हुने भएको हो ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एकिकरणपछि बनेको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको पहिलो दिन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन शुक्लागण्डकी, म्याग्दे, भिमाद लगायत विभिनन ठाउँबाट कला र संस्कृति झल्काउने किसिमको झाँकीले खैरेनीटार बजार परिक्रमा गरेर महोत्सवको उद्घाटन गरिनेछ ।
शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले बताए ।
महोत्सवमा स्थानीय कला सँस्कृतिसँगै घरेलु तथा कृषि सामाग्रीको प्रर्दशनी, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तानडोरी प्रतियोगिता, नृत्य प्रतियोगिता,रत्यौलि प्रतियोगिता, दैनिक ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, दैनिक उपभोग्य बस्तुको खरिद तथा विक्री हुने प्रवक्ता हरि थापाले जानकारी दिए ।