दुलेगौंडा । जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार बिहान नवलपुर पठाइएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा रहेका थिए।
सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए । शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो ।