दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले आफ्नो जन्मदिनमा एक विद्यार्थीको पढाउने जिम्मेवारी लिएका छन् । रेग्मीले आफ्नो ३३ औं जन्मोत्सवको अवसरमा गाउँफर्काेदय माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सलिना विकलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी लिएका हुन् ।
आर्थिक अवस्था कमजोर रहेकै शिक्षा हासिल गर्न समस्या भोगिरहेकी विकको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक क्षेत्रको जिम्मेवारी आफुले लिएको वडाध्यक्ष रेग्मीले बताए । उनका अनुसार विकले १२ कक्षा अध्ययन गर्दा सम्म उसका लागि आवश्यक पर्ने पोशाक, शैक्षिक सामाग्री, मासिक शुल्क, ट्युशन फि लगायतका जिम्मेवारी लिनेछन् । ‘मैले एक जना विद्यार्थीको शैक्षिक जिम्मेवार लिए । अरुले पनि यसरी नै जिम्मेवार लिदिए विपन्न परिवारका बालबालिकाले कम्सेकम माध्यामिक तहसम्म शिक्षा प्राप्त गर्न सक्छन्’ उनले भने ।