दुलेगौंडा । लामो समयदेखी लालपुर्जा पाउने आशमा बसेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयहरु निस्सा हातमा परे पनि खुसी छैनन् । विगतमा पटक पटक लालपुर्जा पाउने आशमा फम भर्दा भर्दै आजित भएका स्थानीयहरु यस पटक हातैमा निस्सा प्राप्त गरे पनि खुसी नभएको प्रतिक्रिया दिएका छन् । आईतवार शुक्लागण्डकी नगरपालिकाको आयोजनामा भएको निस्सा वितरण कार्यक्रममा पुगेका स्थानीयले निर्वाचनको मुखमा भोट माग्ने आधार बनाएको बताएका छन् ।
अहिले भईरहेको निस्सा वितरण भोटको लागि मात्र भएको शुक्लागण्डकी–७ का स्थानीय टिकारामा शर्माले जानकारी दिए । उनका अनुसार अहिले पाएको निस्साको विश्वास ५ प्रतिशत मात्र रहेको छ । ‘सबैले लिदाँ किन नलिनु भनेर मात्रै लिएको हो । यसको भरोसा मलाई कत्ति छैन् । जब त्यो लालपुर्जा हातमा पर्छ, त्यतिबेला बल्ल खुसी मिल्छ । यो औपचारीक मात्र हो , भोटको लागि मात्रै हो’ शर्माले भने ।
शुक्लागण्डकी नगरपालिका–७ का अमृत घिमिरे चुनावको बेला नौटंकी देखाउको आरोप लगाए । ‘चुनाव आउने भएकै भएर यो नौटंकी देखाएको हो । यतिका समयसम्म नपाएको कुरा अहिले त्यही पनि वडाको सचिवले सहि गरेर हामीले प्रमाण प्राप्त बुझिएको छ । यसलाई आधिकारीकता कसरी मान्ने । कि मेयरले कि कार्यकारी प्रमुखले गर्ने खालको हुनुपथ्र्यो । त्यसपछि बल्ल जनतालाई आश्वासन हुन्छ’ उनले भने ।
शुक्लागण्डकी नगरपालिका–७ का स्थानीय बाबुराम सिग्देलले हातमा लालपुर्जा प्राप्त नभएसम्म खुसी नरहेको बताए । नेताले पटक पटक झुक्याएको हुदाँ निस्सा पाए पनि आफुलाई कुनै खुसी नमिलेको उनको भनाई छ । ‘यही ठाउँमा मन्त्री पद्मा अर्याल आएर दशैमा रातो टिका निधारमा, रातो लालपुर्जा हातमा भनेर जादाँ पनि भएन । यो जाबो निस्साको कुनै आशै छौन । त्यही पनि लि भनेपछि लिनै प¥र्यो । यस्तो कुरा एक पटक हो र, पटक पटक भएपछि त कसरी आश गर्ने । जबसम्म लालपुर्जा हात पर्दैन तब सम्म खुसी छैन्’ उनले भने ।
२०६३ सालमा स्याउलीबजारमा घर बनाएर बसेकी लालपुर्जा भन्दा भन्दै आजित भएकोस्थानीय बिष्णुमाया श्रेष्ठले बताईन् । आफुले बर्षेनि लालपुर्जाको लागि फम भर्दा पनि हातमा लालपुर्जा नपरेको गुनासो गरिन । उनले हातको निस्सा हेर्दै भनिन् ‘यो मात्र प्राप्त गरेर त के हन्छ र खै । मेन कुरो त लालपुर्जा हातमा पर्न प¥र्यो के’
आफु नरहे पनि जनताले प्राप्त गरेको निस्साले आउदो दिनमा लालपुर्जा प्राप्त गर्ने राष्ट्रिय भुमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनका अनुसार आफु नरहे पनि आउदो नेतृत्वले यसैलाई टेकेर अगाडी बढ्ने हुदाँ लालपुर्जा पाउने विश्वास व्यक्त गरे । ‘भोलि म रहुला नरहुँला, भोलि यो सरकार रहला नरहला,तर यहाँहरुले आज जुन निस्सा प्राप्त गर्नुभएको छ, त्यो निस्सा भनेको भोलिको लागि जुन सरकार आए पनि, जुन आयोग आए पनि त्यसैलाई टेकेर माथि जाने हो । तपाईहरुले जुन आज निस्सा प्राप्त गर्नुभएको छ यो आयोगमा प्रमाणित भएर बसेको छ । यो कसैले ख्याल ठट्टामा हचुवाको पारामा दिएको होईन’ उनले भने ।
जनताले निस्सा प्राप्त गरेपछि लालपुर्जा प्राप्त गर्ने कुरामा केही आशा पलाएको गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले बताईन् । ‘अहिले हामीलाई पनि केही आशा पलाएको छ । यसले मलाई साह्रै खुसी लागेको छ । जनताको जे अपेक्षा छ, जुन आवश्यकता छ, त्यो समस्या समाधान गर्नका लागि नेपाल सरकारले तपाईहरुलाई यो निस्सा प्रदान गरेको छ । यो सपना चाडै नै पुरा हुने विश्वास तपाईहरुलाई दिलाउन चाहान्छु’ उनले भनिन् ।
जनताको हातमा परेको निस्साले अबको दिनमा जनतालाई लालपुर्जा पाउनबाट केहीले पनि रोक्न नसक्ने शुक्लगण्डकी नगरपालिकाका मेयर किसान गुरुङले बताए । उनका अनुासर सम्भव भएसम्म आफ्नै कार्यकालमा र त्यति नभए पनि अब आउने जनप्रतिनिधिले लालपुर्जा जनताको हातमा पु¥र्योउने विश्वास व्यक्त गरे । ‘तपाईहरुले यो निस्सालाई एकदमौ सुरक्षित साथ राख्नुहोला । मान्नुस तपाईहरुको लागि यो लालपुर्जा हो । अब यो पाए पछि तपाईहरुको लालपुर्जा कुनै हालतमा रोकिदैन, म पूर्ण रुपमा विशवास गर्छु’ मेयर गुरुङले भने ।