भिमाद । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अरु पार्टीलाई ठुला कुरा नगर्न सुझाव दिएका छन् । शनिबार भिमादमा भएको कार्यकता भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले एमाले पार्टीले केही गर्न नसकेको हुदाँ ठुला कुरा नगर्न सुझाव दिएका हुन् ।
‘अब बेला आएको छ । यहाँ कोही नबासे हुन्छ । ठुलो कुरा नगरे हुन्छ । हिजो एमाले एकढिक्का हुदाँ पनि केही गर्न नसकेको हुदाँ अब नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवदीले गठबन्धन गरेर भिमादको नेतृत्व एकिकृत समाजवादीले गर्छ’ उनले भने ‘त्यसपछि विकास कसरी गर्ने कुरो समाजवादी संग सिक्नु, किसान श्रेष्ठ संग सिक्नु, हामी सिकाउछौं जनताको काम कसरी गर्ने भनेर ।’
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान, एसका पोलिटब्यूरो सदस्य प्रतालाल श्रेष्ठ, भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, दलित मुक्ति मोर्चाकी केन्द्रिय सदस्य दुर्गा नेपाली लगायतले एमाले पार्टीले केही गर्न नसकेको भन्दै गठबन्धनलाई जित दिलाउने बताएका थिए । भिमाद नगर कमिटीका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकुमार श्रेष्ठले गरेका थिए ।