दुलेगौंडा । शनिबार तनहुँका विभिन्न क्षेत्रमा विहान ७ बजेदेखी मध्यान्न १२ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
चाईना कम्युनिकेसन कन्ट्रक्सन कम्पनि लिमिटेडले मुग्लिङ पोखरा सडक खण्ड विस्तार गर्नका लागि सडक छेउका रुख काट्नुपर्ने हुदाँ विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका सुपर–भाईजर विकास चौधरीले जानकारी दिए । उनका अनुसार भोलि शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिकाका सबै क्षेत्र, म्याग्देको वडा नम्बर ५ र नवलपुर जिल्लाका बुलिङटार र बौधिकाली गाउँपालिकामा विद्युत सेवा अबरुद्ध हुने छ ।