खैरेनीटार– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजारमा भएको सागर स्मृति कपको उपाधि शुक्लागण्डकी फुटबल क्लब दुलेगौंडाले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा आयोजक जागृती युवा क्लबलाई ३–१ गेलको अन्तरले जित हासिल गरेको थियो ।
प्रतियोगिताको पहिलो हाफमा गोबिन्द घर्तिको प्रहारमा सागर युवा क्लबका खेलाडीबाट आत्मघाती गोल भयो । गोल गरेको एक मिनेट भित्रै सागर युवा क्लबका सुरज क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । प्रतियोगिताको दोस्रो सेटमा शुक्लागण्डकी युवा क्लबका प्रविण पुलामी मगर र दिपेश गुरुङले एक÷एक गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए । प्रतियोगिताको अन्त्यसम्म पनि सागर युवा क्लबले गोल गर्न नसकेपछि शुक्लागण्डकी युवा क्लबले जित सुनिश्चित गरेको हो ।
प्रतियोगितामा विजेता शुक्लागण्डकी युवा क्लबले नगद ३३ हजार ३३३ र उपविजेता सागर युवा क्लबले नगद २२ हजार २२२ साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको फाईनल खेलमा म्यान अफ दि म्याचको उपाधि शुक्लागण्डकीका प्रविण पुलामी मगरले हात पारेका थिए । साथै आयोजकको तर्फबाट गरी बेष्ट डिफेन्डर सरोज क्षेत्री, सर्वाधिक गोलकर्ता अमर शाहा भए भने शुक्लागण्डकीका पूर्ण गुरुङ बेष्ट प्लेयर र सुरेस श्रेष्ठ उत्कृष्ट गोलरक्षक बनेका थिए ।
प्रतियोगितामा विजेता टोलिलाई शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादु थापा क्षेत्री, क्लबका अध्यक्ष धनबहादुर श्रेष्ठ, सचिव धिराज श्रेष्ठ, सदस्य विशाल घले र युवा नेता राजु विकले पुरस्कार हस्तान्तरण गरेका थिए ।