दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुश्मावति आधारभुत विद्यालयका शिक्षकमाथि निर्घात कुटपिट भईरहेको छ । स्थानीय तीन युवा मिलेर शिक्षकलाई कुटपिट गरेका हुन् । शनिबार दिउसो १ बजेतिर खाजा लिन जादाँ शुक्लागण्डकी–७ काउरे स्थित मुक्ति लम्सालको किराना पसलमा शिक्षक तिलक बहादुर रावतलाई कुटपिट गरिएको हो ।
कुटपिट गर्नेमा शुक्लागण्डकी नगरपालिका–७ अर्चलेका २२ बर्षिय प्रताप नेपाली, २० बर्षिया विशाल नेपाली र २२ बर्षिय खैरे (नाम नखुलेको) रहेका छन् । विना कारण बाहीरबाट आएको मान्छे हिरो बन्छस भनेर तीन जना युवा मिलेर आफुमाथि कुटपिट गरेको शिक्षक रावतले बताए । ‘शनिबार विद्यालयको प्रश्नपत्र तयार गरेर खाजाकोे लागि नजिकैको किराना पसलमा पुगेको थिए । मादक पदार्थ सेवन गरेर पसल नजिकै आए । दुई जना नजिकै आएर यो भाईलाई चिनिन यसको घर कहाँ हो भनेर सोधे । एक जना मेरो आडमा आएर बसे । मैले मेरो घर पश्चिम हो भनेर भने । उनिहरुले कहाँ हो फेरी भन् त भनेपछि पश्चिम हो भने । म उठ्दा यही बस न भने । मैले हतार छ मेरो भन्दा एउटाले बाहीरबाट आएको मान्छे हिरो बन्छ भनेर मलाई कुटपिट गरे’, उनले भने ।
कुटपटि गर्नेमध्य विशाल नेपाली आईतबार साँझ ६ बजे विदेश पलायन हुने भनिएको थियो । स्थानीयवासीले विदेश जाने व्यक्लिाई नरोक भनेर जाहेरी नदिन बारम्बार दबाब दिएका थिए ।
यता विद्यालयकी प्रधानाध्यापक सिता गिरीले पनि पिडित पक्षले न्याय पाउनुपर्दछ भन्दै पिडित शिक्षकको साथमा ईलाका प्रहरी कार्यालय बेलचौतारा पुगेकी थिईन् । पिडितले जाहेरी दिन चाहेको हुदाँ रावतको साथमा प्रहरी कार्यलयमा जादाँ प्रहरीले जाहेरी लिन नमानेको उनको भनाई छ । गिरीले ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक ज्ञानबहादुर खड्कासंग कुराकानि गर्दा जाहेरी दिन नपर्ने बताएका छन् । पिडितको तर्फबाट प्रहरीसंग कुराकानि गर्दा खड्काले ‘त्यो घटनालाई दुई तीन जना व्यक्ति मैले खटाएको छु । उनिहरुका घरका मान्छे पनि हाम्रो सम्पर्कमा आएका छन् । पिडितलाई न्याय दिनि कुरामा हामी लागि परेका छौँ । विदेश जाने त्यो व्यक्तिले अर्काे घटना नघटाओस भनेर हो । उसको करियर बिगार्न भन्दा पनि । भोलि विदेश गयो भने यहाँ आएर झगडा गर्दैन नि त । त्यसले फेरी कुट्न त जादैन नि त’ भनेर जवाफ दिएका छन् ।
(ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी प्रमुख ज्ञान बहादुर संग भएको कुराकानिको प्रमाण हामीसंग सुरक्षित राखिएको छ । )