• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

वैशाख २९ भित्रै क्रसर हटाउन स्थानीयको अडान

हरि खरेल हरि खरेल
March 27, 2022
- स्थानीय समाचार
A A
0
क्रसर हटाउन अग्रसर बन्दै स्थानीय
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका स्थानीयहरुले वैशाख २९ गते भित्रै क्रसर हटाउने निर्णय गरेका छन् । लामो समयदेखि धुलोका कारण आजित बनेका यहाँका स्थिानीयहरुले क्रसर व्यवसायीको सम्झैता अवछि सक्किएको हुदाँ क्रसर उद्योग हटाउन निर्णय गरेका हुन् ।

गत फागुन २५ गते स्थानीयहरुको भेलाले हलेदी क्षेत्रमा संञ्चालित दुई ठुला क्रसर उद्योग हटाउने निर्णय गरेको थियो । महालक्ष्मी र क्वालिटी क्रसर उद्योगमा बाहीरबाट कच्चा पदार्थ ल्याउन नपाउने तर भित्र रहेका कच्चा पर्दाथ बाहिर लान पाउने व्यवस्था सहित वैशाख २९ मा ठाउँ खालि गर्न स्थानीयहरुले निर्णय गरेका थिए । साथै भेलाले क्रसर उद्योगीको अवस्था निगरानि गर्न संघर्ष समिति समेत गठन गरि उद्योग हटाउने कार्यमा लागि परेको थियो ।

स्थानीयले निर्णय गरे पनि क्रसर व्यवसायिले अटेर गरेर पटक पटक कच्चा पर्दाथ ल्याउन थाल्यो पछि स्थानीय पनि पटक पटक आन्दोलित बन्न थाले । गत चैत ६ गते क्वालिटी क्रसरले स्थानीयको निर्णयलाई व्यवस्था गरेर पुनः कच्चा पर्दाथ ल्याएपछि स्थानीयहरु आन्दोलित बन्दै उक्त कच्चा पर्दा सहित करिब २५ ट्रक रोकेर राखेका थिए । त्यसपछि अवस्था बिग्रदै गएपछि चैत ९ गते स्थानीयसंग बस्न नसक्ने भन्दै प्रतिनिधिमुलक तरीकाले क्वालीटी क्रसरका संञ्चालक देवबहादुर ज्वारचन गगनगौंडा स्थित पावर हाउसको एक होटलमा वार्त गर्न राजि भए । वर्ताको क्रममा क्रसर संञ्चालक ज्वारचनले आफुहरु हट्न तयार भएको तर तीन बर्ष समय चाहीने माग गरेको स्थानीय हरिलाल रिमालले बताए । ज्वारचनले मागे गरेको समय सिमित व्यक्तिले मात्र निर्णग गरेर नहुने भएपछि पुनः टोलको भेलाले निर्णय गर्ने भन्दै वार्ता टोलि फर्किएका थिए ।

वार्ताको क्रममा हट्छु पनि भन्ने तर नगरपालिका लगायत समबन्धीत ठाउँमा धाउने प्रवृत्ति क्रसर संञ्चालक ज्वारचनले प्रस्तुत गरेको रिमालले बताए । ‘हामी वार्तामा जादाँ, म हट्छु । स्थानीयहरुको निर्णयलाई मैले मान्न पनि पर्छ भनेर भन्नु भयो । यस्ता बाचा त हामीलाई पटक पटक गर्नुभयो । हामी संग हट्छु भन्दै नगरपालिका लगायतका सम्बन्धीत ठाउँमा जानु हुदो रहेछ । हामीलाई पनि तीन बर्षको समय माग्नु भयो । उहाँले मुखले जान्छु भन्ने तर व्यवहारले त्यस्तो देखाउनु भएन । यसले गर्दा हामीले पुन टोल भेला गरेर निर्णय गर्ने भन्दै त्यहाँबाट निस्कियौं’ स्थानीय रिमालले बताए । रिमालका अनुसार सोही ठाउँमा संञ्चालीत महालक्ष्मी क्रसर प्रा.लिले पनि दुई बर्षसम्मको समय माग गरेको छ ।

क्रसर संञ्चालकले माग गरेको समयावधिलाई हेरफेर गर्न आईतबार हलेदीमा पुनः भेला भयो । भेलामा सबैले आफ्नो राय प्रस्तुत गर्दै जादाँ पहिलेकै निर्णयलाई स्वीकार गर्नुपर्दछ भन्दै स्थानीयहरुले अडान लिए । भेलामा बोल्दै स्थानीय गणेश तामाङ ‘यस्तो कुरा त उनले कति गरे गरे । अहिले तीन बर्ष भन्ने र पछि फेरी सकिएन भन्दै समय थप गर्ने षडेन्त्र हो । हामी उनको कुरामा अल्झिएर मात्रै पनि हुदैन । राम्रोसंग काम गर्ने हो भने देबबहादुरलाई क्रसर हटाउन दुई महिना पनि धेरै हुन्छ । त्यसैले समय थप गर्नु हुदैन’ भन्दै अभिव्यक्ति दिए ।

भेलाकै क्रममा स्थानीय एक महिलाले तीन बर्ष होईन तीन महिना मात्रै समय थप गर्नुपर्ने बताईन् । ‘स्थानीयको कुरालाई उनले मान्नै पर्छ । उनको लागि तीन बर्ष होईन तीन महिना मात्र दिने हो समय । धेरै समय दिएर केही हुन्न । हामीले कति खाने होर र धुलो’ उनले प्रश्न गर्दै भनिन् । भेलामा कसैले ६ महिना, कसैले एक बर्ष, कसैले डेढ बर्ष, कसैले दुई बर्ष भन्दै समयावधिको बिषयमा छलफल भयो । करिब ३ घण्टा सम्मको छलफल पछि भेलाले आफुहरुले गरेको निर्णयबाट पछि नहट्ने भन्दै वैशाख २९ भित्रमै क्रसर उद्योग हटाउने निर्णय गरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

लागू औषध सहित एक युवक प्रकाउ
स्थानीय समाचार

लागू औषध सहित एक युवक प्रकाउ

June 7, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
स्थानीय समाचार

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023
गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
स्थानीय समाचार

गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई

June 7, 2023
शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
स्थानीय समाचार

शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा

June 6, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
स्थानीय समाचार

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
आज विश्व वातावरण दिवस
स्थानीय समाचार

आज विश्व वातावरण दिवस

June 5, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.