दुलेगौंडा । लामो समयदेखि विवादित बनेको शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ र शुुक्लागण्डकी उद्योग बाणिज्य संघ एकिकरण भएपछि नयाँ कार्यसमिति चयन भएको छ । आईतबार भएको संघको बैठकले शुक्लागण्डकी उद्योग बाणिज्य संघको अध्यक्षमा बिमलप्रसाद रिमाललाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
गत बिहीबार र शुक्रबार दुई दिनसम्म भएको संघको संयुक्त बैठकले संस्थालाई एकिकरण गरेको थियो । बैठकमा संस्था आधिकारीक मान्ने सवालमा गोलाप्रथा गरिएको थियो । जहाँ अध्यक्ष पाउनेले संस्था नपाउने र संस्था पाउनेले अध्यक्ष नपाउने गरि संस्था एकिकरण गर्ने प्रयास भएको थियो । जस पश्चात गोलाप्रथाबाट शुक्लागण्डकी नगर उद्योग बाणिजय संघ नामकरण भएको थियो । सोही सर्त अनुसार आईतबार भएको बैठकले हरिकुमार श्रेष्ठ पक्षबाट रिमाललाई चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा सुजित हिराचन, महासचिवमा उपेन्द्र तिमिल्सिना चयन भए । त्यस्तै, ज्वारचन पक्षबाट प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार मल्ल र सचिवमा ऋषिबहादुर बस्नेत आएका छन् । श्रेष्ठ पक्षबाट सदस्यहरु बिर्सना श्रेष्ठ, जोशिला थापा, शान्ति भण्डारी, देवेन्द्र ढुङ्गाना, मित्रबन्धु पौडेल, कमल गैह्रे, सुजन श्रेष्ठ, प्रेम श्रेष्ठ र गिरबहादुर थापा क्षेत्री चयन भए । ज्वारचन पक्षबाट सदस्यहरुमा ऋषि महत, अर्जुनकुमार श्रेष्ठ, राजबहादुर थापा, बर्मकुमार श्रेष्ठ, अमृत घिमिरे, तुलसी शाह, सुमन सापकोटा, विधान गुरुङ चयन भएका छन् । समितिमा श्रेष्ठ समुहबाट ९ र ज्वारचन समुहबाट ८ जना सदस्य आएका छन् ।
विसं. २०७६ असार ६ र ३१ गते शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ र शुक्लागण्डकी उद्योग बाणिज्य संघ गठन भएको थियो । यो दुबै संस्थाले नगरभित्रका व्यवसायिको हक अधिकारको लागि काम गरेता पनि एक अर्काे बिचमा प्रतिस्पर्धाको भावना रहेको थियो । जन विवाद र प्रतिस्पर्दा शुक्रबार बसेको बैठकले समाधान गरेको थियो । यसअघिका अध्यक्षद्धय बसन्त ज्वारचन र हरिकुमार श्रेष्ठ भने संस्थापक अध्यक्ष रहनेछन् ।