दुलेगौंडा ।नेपाली कांग्रेसको भातृ संगठको रुपमा शुक्लागण्डकी नगरपालिकामा नेपाल मुस्लिम संघ नगर स्तरीय कार्यसमिति गठन भएको छ । बिहीबार भएको प्रथन नगर अधिवेशनबाट मोहम्मद राम्जाम मियाँको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
समितिको उपसभापतिमा गभुर दिनमियाँ, सचिवमा सफिम महम्मद मिया, सह–सचिवमा बसिर मियाँ, कोयाध्यक्षमा हमिदा मिया र सह–कोषध्यक्षमा कम्रुपदिन मियाँ चयन भएका छन् । यसै गरि सदस्यहरुमा साहिना खातुन, मोहम्मद अजिज मियाँ, कलाम दिन मियाँ, मोहम्मद आरिफ मियाँ र लौलुन खातुन चयन भएका छन् ।
मुस्लिम समुदायको हक अधिकार संरक्षण गर्नका निम्त नगरमा समिति गठन गरिएको नेपाल मस्लिम संघ जिलला कार्यसमिति तनहुँकी उपसभापति रोजिना खातुनले जानकारी दिईन । ‘ हामी मुस्लिमहरु नेपाली कंग्रेसमा कति सक्रिय छौ भनेर जानकारी गराउन र राजनीतिक दलहरुमा मुस्लिम कोटा सुनिश्चित गर्नका लागि ठाउँ ठाउँमा समिति गठन गरिरहेका छौ । यस समितिले मुस्लिम समुदायको हक अधिकारका लागि काम गर्ने गर्दछ’ उनले भनिन् ।