खैरेनीटार । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारमा रहेको सरस्वती नमुना माध्यामिक विद्यालयमा निर्मित दुई वटा भवन बिहीबार शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले समुद्घाटन गरेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई तनहुँको ५९ लाख १७ हजार ६०७ लागतमा निर्माण भएको चार कोठे भवन र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत शुक्लागण्डकी नगरपालिकाको १६ लाख ४० हजार र आन्तरीक स्रोतबाट ३ लाख ५७ हजार ६८५ रुपौंया लागतमा निर्माण भएको दुई कोठे भवन मेयर गुरुङले समुद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर गुरुङले विद्यार्थी भविष्यका कर्णधार रहेको हुदाँ विद्यार्थीहरुलाई विद्यालय सम्म आउने वतावरण तयार गर्न सबैले ध्यान दिनुपर्ने बताए । उनका अनुसार परम्परागत शिक्षा भन्दा पनि नयाँ तरिकाको शिक्षण विधि अपनाएर शिक्षण सिकाई क्रियाकलाप संञ्चालन गर्नुपर्दछ । साथै नगरपालिकाले बसको व्यवस्था गर्नका लागि पनि पहल गर्ने बताए । ‘नगरपालिकाले सुर्य नेपाल प्रालि संग समन्वय गरेर बस को व्यवस्था गर्दछौं । त्यो नभए नगरपालिकाले पनि बस खरिद गर्न सहयोग गर्ने छ । तर, यसको व्यवस्थापनको बिषय भने विद्यालयले गर्नुपर्दछ’ उनले भने ।
बिहीबार विद्यालयको भवन उद्घ पवन कुमाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला बल्भ न्यौपाने, वडाध्यक्ष रामबहादुर थापा क्षेत्री लगायतले व्यक्तिहरुको उपस्थिती रहेको थियो ।