तनहुँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ ।अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ । अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् ।