काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।
गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।