हलेदी । पछिल्लो समय जन्मदिनलाई रचनात्मक ढंगले मनाउने परम्परा विकसित हुदै गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ निवासी सुरज पौडेलले पनि आफ्नो २५ औं जन्मोत्सवमा हलेदीमा रहेको शिला प्राथमिक विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका छन् ।
जन्म दिनमा रमाईलो गरेर सक्ने पैसा विद्यार्थीहरुको शिक्षा र मनोरञ्जनमा खर्च गर्न पाउदाँ निकै खुसी मिलेको पौडेलले बताए । विद्यार्थी जिबनमा पढाई र खेलकुद दुबै महत्वपूर्ण रहने उनको भनाई छ । ‘हामीले खेलेर मात्रै पनि हुदैन र पढेर मात्रै पनि हुदैन । पढाई संग संगै खेलकुदलाई पनि अगाडी बढाउदाँ हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ ’उनले भने । विगतका दिनहरुमा साथीहरुसंग बसेर जन्मदिन मनाउदाँ भन्दा सहयोग गरेर मनाउन पाउँदा धेरै खुसी मिलेको बताए ।
जन्मदिन मनाउदै गरेका पौडेल सिद्धार्थ बचत तथा ऋण सहकारीको कर्जा प्रमुख, युनेस्कोको खेलकुद संयोजक, स्याङ्जा तनहुँ एकता समाजका सदस्य, विजनेस हव ३६० को संस्थापक रहेका छन् ।
यता, विद्यालयमा प्रधानाध्यापक निरराज चापाँगाईले पौडेललाई शुभकामना दिए । साथै चापागाईले विदार्थीहरुका लागि ल्याएको उपहारले विद्यार्थीको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग मिलने बताए ।