भिमाद । तनहुँ आई.टि.एफ तेक्वाण्डो संघमा आकाश चन्द्र घर्ती मगर चयन भएका छन् । शनिबार भिमादमा भएको दोस्रो जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा उत्तम थापा, सचिबमा सोम बहादुर गुरुङ र कोषाध्यक्षमा गोपाल चन्द ठकुरी चयन भएका छन् भने सदस्यहरु आशिष थापा, अविशेक मगर, दिपेश मगर, मालती तामाङ र बन्दना तामाङ चयन भएका छन् ।
तेक्वाण्डो खेल आत्मरक्षाको लागि खेलिने खेल रहेको हुदाँ यसको प्रचार प्रसार गर्न आवश्यक रहेको नव–निर्वाचित जिल्ला उपाध्यक्ष उत्तम थापाले जानकारी दिए । ‘धेरै मानिसहरुको बुझाईमा यस्तो खेल भन्ने बित्तिकै झगडा गर्नका लागि खेलिने खेल बुझ्छन् । तर यसो होईन । यसको पनि आफ्नै नियम र अनुसाशन हुन्छ’ उनले भने ।