खैरेनीटार । श्री ३ बाहिनी अड्डा खैरेनीटारले सेना दिवसको अवसरमा आम सर्वसाधारण नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप प्रदान गर्ने भएको छ । महाशिवरात्री पर्वको दिन पर्ने सेना दिवसलाई रचनात्मक ढंगले मनाउन खोप वितरण कार्यक्रम संञ्चालन गर्न लागिएको बाहिनी अड्डाका क्याप्टेन डा. बालकृष्ण कार्कीले जानकारी दिए ।
विगतमा दौड प्रतियोगिता लगायतका कार्यक्रम गरि सेना दिवस मनाएको भएता पनि यस वर्ष महामारीको अवस्थालाई मध्यनजर गरि खोप कार्यक्रम संञ्चालन गरेको क्याप्टेन कार्कीले बताए । उनका अनुसार खोप कार्यक्रमका लागि दुई हजार कोभिडशिल्ड खोप प्राप्त भएको छ । जसमा पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर खोप दिईने छ ।
विविध कारणले खोप लगाउन पाउने अवसरबाट बञ्चित स्थानीय, सुरक्षा निकाय, बहादलवाला सदस्य एवम् आम सर्वसाधारण नागरिकले खोप लगाउन पाउने कार्कीको भनाई छ । उनका अनुसार भोलि सेना दिवसको दिन श्री ३ बाहिनी अड्डा खैरेनीटारमा विहान १० बजेदेखी बेलुकी ५ वजेसम्म खोप संञ्चालन हुने छ ।