गाछेपानी– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधम गाछेपानीमा भजन प्रतियोगिता आयोजना हुने भएको छ । भजनको संरक्षण र प्रर्वद्धन गर्ने हेतुलि प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिईन् ।
भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ५१ हजार, द्धितीय हुनेले ३१ हजार, तृतीय हुनेले १६ हजार र सान्तवना हुनेले ५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा भजन प्रतियोगिता संगै हिमाल आकृति उद्घाटन, सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन वरिष्ट लोकदोहोरी गायक प्रजापति पराजुलिको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ ।
भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।