थप्रेक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्लागण्डकीले वडामा कमिटी विस्तार गर्न सुरु गरेको छ । बुधबार नगर कमिटीको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकमा सुनिल क्षेत्रीको अध्यक्षतामा ३१ सदस्यीय कठिटी गठन गरिएको हो ।
कमिटी विस्तार कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला सदस्य दुर्गाप्रसाद कोईरालाले संबैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र निर्माणको लागि सम्पूर्ण युवाहरु जुट्नुपर्ने बताए । साथै उनले एमसिसि विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी सबै विपक्षमा रहेर यसको विरोध गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै राप्रपाका नगर अध्यक्ष याम बरालले ३१ सदस्यीय कमिटीको पहिलो बैठकबाट अन्य सदस्यको टुङ्गो लाग्ने बताए ।