दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स उद्यमी गाउँ तनहुँले शुक्लागण्डकी नगरपालिका–११ पिपलछाप, हटियामा तीन महिने सिलाई–कटिङ तालिम संञ्चालन गरेको छ ।
कार्यक्रममा बोल्दै तनहुँ मोडेल भिलेज चिफ कृष्ण प्रसाद पौडेल तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताए । ‘हामीले तापईहरुलाई आत्मनिर्भर गराउनका लागि सिलाई कटाई तालिम संञ्चालन गरेका छौ । तीन महिनासम्म तपाइहरु तालिममा उत्साहका साथ सिक्नु । तीन महिना पछि तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुभयो भने अवश्य पनि हामीले संञ्चालन गरेको तालिमले सार्थकता पाउने छ’उनले भने ।
महिलाहरुलाई उद्यमी तथा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम संञ्चालन गरेको जोन चेयर पर्सन लायन बरदान क्षेत्रीले बताए । उनाका अनुसार ३ महिनासम्म संञ्चालन हुने तालिमा १५ जना महिलाहरुको सहभागि रहनेछ । तालिमलाई सहज बनाउनका लागि ५ थान सलाई मेसिन सहित तालिममा आवश्यक सामाग्री हस्तान्तर गरेको क्षेत्रीले बताए ।
सिलाई–कटिङ तालिमको उद्घाटन कार्यक्रममा बिब्यअ भीम बहादुर थापा, सिनियर एओजि लायन मोती प्रसाद पौडेल, मोडल भिलेजका चिफ झुल प्रसार सेरचन, रिजन चेयर पर्सन प्रदीप थापा, जोन चेयर पर्स श्याम श्रेष्ठ साथै कमल भट्टराई, फरीन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो । शुक्लागण्डकी –११ पिपलछाप हटियालाई यसअघि लायन्स क्लबले लायन्स मोडेल भिलेज घोषणा गरेको थियो ।