दुलेगौंडा । शुक्लागण्डकीमा ‘शुक्लागण्डकी पत्रकार मञ्च’ स्थापना गर्न तदर्थ समिति गठन गरिएको छ । शनिबार ११ औं विश्व रेडियो दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकालाई कार्य क्षेत्र बनाएर कार्यरत पत्रकारहरुको भेलाले मञ्चको तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको संयोजकमा राजन उपाध्याय र सहसंयोजकमा ममता गुरुङ चयन भएका छन् । यसै गरि सदस्यहरुमा अशोक विश्वकर्मा, विनोद ढुंगाना, राजकुमार आले, अस्मिता खनाल, करिश्मा विश्वकर्मा, हरि खरेल र सनिता कार्की रहेका छन् ।
पत्रकारहरुको क्षमता, दक्षता अभिवृद्धी गर्ने साथै हकहितका लागि काम गर्ने मुख्य लक्ष्यका साथ मञ्च गठन गर्न लागेको तदर्थ समितिका संयोजक उपाध्यायले बताए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा संस्था दर्ता गरेर साधरणसभा गरिनेछ ।