दुलेगौंडा । अखिल क्रान्तिकारी र वाईसिएल शुक्लागण्डकीले २७ औं जनयुद्ध दिवसको अवसरमा दुलेगौँडामा माक्स वितरण गरेको छ । आईतबार बिहान बि.पी चोक देखी बन्केवा चोकसम्म आम सर्वसाधरणलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन साथै जनचेतना फैलाउन माक्स वितरण गरेको क्रन्तिकारीको नगर उपाध्यक्ष विनिता भण्डारीले बताईन ।
तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउन सुरु गरेको हो । आजैकै दिन शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शहिद स्मृति पार्कमा महान शहीद, घाइते योद्धा र बेपत्ता योद्दाप्रति उच्च सम्मान गर्दै मोहोन धारण र माला अरपण गरेको थियो ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष मिलन महत र वाईसिएल शुक्लागण्डकी नगर सचिव नारायण प्रोखेल,भक्त बहादुर विक लगायत अखिल क्रान्तिकारी भानुभक्त क्याम्पस कमिटीका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।