दुलेगौंडा । मंगलबार प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिनएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा उनीहरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको ट्राफिक टोलिले सवारी चेकजाँच गर्ने क्रममा मंगलबार एक जना लागुऔषध कारोबारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका–४ बस्ने १८ बर्षीय प्रदिप मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार पाल्पा रामपुरबाट पोखरा तर्फ जादै गरेको ग १ ख ७७२१ नम्बरको बस चेकजाँच गर्दा ९७० ग्राम लागु औषध (गाँजा) सहित मानन्धर पक्राउ परेका हुन् ।
यसै गरि सोमबार राति जिल्लको आबुँखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक खण्डबाट लागुऔषध सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–९ बस्ने १९ बर्षिय रन्जन अलि र बेनि नगरपालिका–५ बस्ने २२ बर्षिय शिशिर बोहोरा रहेको प्रहरीले जनाएको छ । निज अलि र बोहोरले बोकेको झोलामा प्रहरीले चेकजाँच गर्ने क्रममा नुफिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल, फेनरागन–२५ एम्पुल सहित पक्राउ गरेको हो । निज उपर तनहुँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा १० को म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।