काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। मङ्गलवार हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै उनले पार्टी परित्याग गरेको बताए । उनका अनुसार नयाँ पार्टी खोल्नेबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताए ।
गत मङ्सिरमा भएको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।