खैरेनीटार । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको मातहतमा रहेको खैरेनीटार बजार इकाई समितिको सभापतिमा पुर्णबहादुर कायस्थ सर्वसम्मत चयन भएका छन् । सोमबार खैरेनीटारमा भएको व्यवसायीहरुको भेलाल कायस्थको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा गंगाराम श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ सर्वसम्मत भए । सचिवमा प्रमोद लामिछाने मनोनित भएका छन् भने नगर प्रतिनिधिमा पिताम्बर तिम्सिना र शान्त दाहाल चयन भएका छन् । यसै गरि, सदस्यहरुमा बुद्धिकुमार श्रेष्ठ (सुवास), सोमप्रसाद श्रेष्ठ, बुद्धिकुमार श्रेष्ठ, ओमनाथ पौडेल, रामप्रसाद श्रेष्ठ, शिवबहादुर थापा, कुमारी गुरुङ श्रेष्ठ, सीता ढकाल र श्रीराम राना रहेका छन् ।
समिति गठन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले व्यवसायी एकता नै आजको आवश्यकता रहेको बताए । उनका अनुसार व्यवसायी एकजुट भएर उपभोक्ताहरु घाटा हुने गरेर नभई सर्भसुलभ र गुणस्तरीय सामाग्री विक्री वितरण गर्न आग्रह गरे । उनले व्यवसायमा रजनितिकरण गर्न नहुने बताए । ‘तनहुँ उद्योग वाणिज्य संघको सिफारिसमा विधी, पद्धती र प्रकृया अनुसार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ दर्ता भएकाले यो वैधानिक संघ हो । तर शुक्लागण्डकी उद्योग वाणिज्य संघ विना सिफारीस दर्ता भएकाले भ्रममा नपरीकन शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्दछु’ उनले भने ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त ज्वारचनको सभापतित्वमा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, सचिव हरि थापा लगायतले बोलेका थिए ।