दुलेगौँडा–तनहुँको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यामिक विद्यालयमा सरस्वतीको मुर्ती अनावरण गरिएको छ । आईतबार श्रीपञ्चमीको दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले मुर्तिको अनावरण गरे ।
विद्यालयमा परिसरमा रहेको सरस्वतीको मन्दिर संरचना विस्तार गर्ने क्रममा हटाउनुपर्ने भएपछि सृष्टि आमा समुहको सहयोगमा विशाल सरस्वतीको मूर्ति स्थापना गरेको समितिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार ७ लाख रुपैयाँको लागतमा १०.५ फिट अग्लो सरस्वतीको मुर्ती स्थापना गरिएको हो । ‘सरस्वती विद्याकी देवी हुन् । विद्यालयमा मुर्ती स्थापना गरेपछि विद्यार्थीहरुलाई प्राथना गर्नका लागि पनि हुने र बाह्य व्यक्तिहरुलाई पनि सरस्वतीको मुर्तिले आर्कषण गर्ने हुदाँ मुर्ति स्थापना गरेका हौं’ उनले भने ।
सरास्वती पुजाको दिन सरस्वती नमुना माध्यामिक विद्यालय खैरेनीटारमा पनि सरस्वती मन्दिरको उद्घाटन गरि पुजा अर्चना गरिएको छ । साथै विभिन्न विद्यालयमा रहेका सरस्वतीको मन्दिरमा बिहीबार विद्यार्थी पुजा गर्नका लागि पुगेका थिए ।