• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

सहिद दिवसमा पनि सहिद पार्क एक्लो

हरि खरेल by हरि खरेल
January 30, 2022
in स्थानीय समाचार
A A
0
सहिद दिवसमा पनि सहिद पार्क एक्लो
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । आज माघ १६ अर्थात सहिद दिवस । देश परिर्वतनको लागि प्राण आहुति दिने सहिदहरुको सम्झनामा यो दिवस मनाईन्छ । तर, आजको दिनमा पनि कतिपए सहिद पार्कमा रहेको सहिदका शालिकमा सम्झना लागि कोही नपुग्दा एक्लो भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा सहिद स्मृति पार्क रहेको छ । प्रदेश सरकारको लगानिमा जनयुद्धकालमा देश परिर्वतनका निम्ति प्राणको आहुति दिएका योद्धहरुको सम्झनामा पार्क निर्माण गरिएको थियो । पार्कमा प्रतिकात्मक योद्धाको शालिक रहेको छ । सहिदको स्मृतिमा निर्माण गरिएको शालिकमा सहिद दिवसको दिनमा समेत कसैले पनि त्यहाँ गएर सम्झना गर्न सकेनन् ।

नगरकै कोत्रे बजारमा सहिद लालध्वज पार्क रहेको छ । निर्दलिय पञ्चायती व्यवस्थाको विरुद्धमा लागेर २०१८ सालमा कोत्रे बजारमा ज्यानको बलिदान दिएका सहिद लालध्वज गुरुङ सहित सर्वसिङ गुरुङ, हस्तबीर गुरुङ र ईमानसिङ गुरुङको शालिक पार्कमा रहेको छ । सोमबार साझँ शहीद दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल शुक्लागण्डकी–२ ले शहीद लालध्वज पर्कमा दिप प्रज्वलन गरेको छ ।

२०४६ सालको ऐतिहासिक राष्ट्रिय जनआन्दोलनमा प्राणको आहुति दिएका कृष्णप्रसाद पौडेलको शालिका शुक्लागण्डकी–८ पाटनमा रहेको छ । उनको नामबाट सहिद कृष्ण माधयामिक विद्यालय, सहिदकृष्ण क्याम्पस संञ्चालनमा रहेको छ । तर, दिवसको दिनमा पनि सहिद पार्कमा पुगेर उनको योगदानलाई सम्झिने कोही भएनन् ।

यि त केबल प्रतिनिधी सहीदका शालिक हुन् । यस्ता थुप्रै सहिद पार्कहरुमा आजको दिन सम्झिन पुग्नेहरु कमै छन् । यता सहिद कृष्णप्रसाद पौडेलका पुत्र हिमाल पौडेलले सहिदका सपनाको कुरा गर्नु भन्दा पनि व्यवहार लागु गर्नुपर्ने बताए । ‘शहिदलाई सम्झेर मात्र हुदैन् । शहिदले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ । के सपना देखेर प्राणको आहुति दिएका थिए ? के प्राप्ती भईरहेको छ ? राजनीतिक दलहरुले मुल्यांकन गर्न सक्नुपर्छ’ ,उनले भने ।

यता शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले कोरोना महामारीको कारण भव्य रुपमा सहिद दिवस मनाउन नपाएको बताए । ‘हामीले शहीदको योगदान बिर्सन्न हुदैन् । एक दिन मात्रै हैन् हरेक दिन स्मरण गनुपर्छ । तर, यसपाली कोरोना कहरले गर्दा कार्यक्रम गरेर मनाउन पाएनौँ’, उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.