दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा ३ महिने निःशुल्क व्युटिसियन तालिम शुक्रबार समापन भएको छ । कान्तिपुर वहुप्राविधिक शिक्षालय भरतपुरको आयोजना र शुक्लागण्डकी नगरपालिका–४ को व्यवस्थापनमा तह १ को ३ महिने निःशुल्क व्युटिसियन तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गरे । ‘तालिम लिएर बस्नु भन्दा पनि तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी रोजगारी बन्नुहोस । तपाईलाई आवश्यक पर्ने कुरामा वडा कार्यलयले सहयोग गर्नेछ’, उनले भने । सिकेको सिप जति प्रयोग गर्यो त्यती नै निखारता आउने हुदाँ सीपको सदुपयोग गर्दै आर्थिक रुपमा सवल बन्न सुझाव दिए ।
कान्तिपुर वहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक रमेश बडुवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, ३ महिने प्रशिक्षण तालिमका प्रशिक्षक माया घटाने र नविना थापा मगर लगायतको उपस्थिती रहेको थियो । उक्त तालिममा २० जना महिलाहरुको सहभागित रहेको थियो ।