कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएको मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका छन्।
पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मत, आलेमगरले स्थानीय तहमार्फत १ हजार ६ सय ५६ मतभार र प्रदेश सभामार्फत १ हजार ४सय ४० मत र सुनारले स्थानीय तहमार्फत १ हजार ६ सय ३८ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मत प्राप्त गरि विजयि भएका थिए ।
पन्तका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेत, आलेमगरका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेल र सुनारका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनाम रहेका थिए ।