भिमाद । भिमाद नगर शिक्षा समितिले अभिभावकहरुको मौलिक हक अधिकार हनन् गरि विद्यालय व्यवस्थापन समिति छनोट गर्ने कार्य गलत रहेको भन्दै नेपाली कांग्रेस भिमाद नगर कार्यसमितिले प्रेस विज्ञप्ती निकालेको छ ।
नगरले स्थानीय सरकारको नाममा संघीय ऐनले प्रतयाभुत गरेको अभिभावको मौलिक हक अधिकार हनन हुने गरि गरिएको कार्यमा अधिनायकवादी चरित्र हावि भएको कंग्रेसका नगर समिति सभापति अरविन श्रेष्ठको भनाई छ । ‘विद्यालय व्यवस्थापन समिति छनोट गर्दा सहमतिमा नभए निर्वाचन प्रक्रियाबाट जाने प्राब्धान रहे पनि नगरले आफु खुसी निर्णय गरि समिति चयन गरेको छ । यस्तो कार्यले अभिभावकको अधिकार हनन् भएको छ ’,उनले भने ।
नगर शिक्षा समितिले भिमादको जनज्योति माध्यामिक विद्यालय र सिद्धर्थ माध्यामिक विद्यालयमा विव्यस समिति सदस्य छनोट गर्ने कार्य आफैले गरेको हुदाँ यस्तो कार्य गलत रहेको नेपाली कांग्रेस भिमाद नगर कार्यसमितिले दाबि गर्दै आएको छ ।