दुलेगौंडा । तनहुँ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरमा प्रवेशको लागि रोक लगाईएको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको हुदाँ मन्दिर प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी चिरञ्जिवी लम्सालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँको आदेश अनुसार हाललाई शुक्रबारदेखि माघ मसान्तसम्म नित्यवाहेकका पुजामा रोक लगाइएको पुजारी लम्सालले बताए। ‘धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकार तथा जिल्ला प्रशासनको आदेशलाई कार्यान्वयन गर्दै मन्दिरमा भक्तजनको प्रवेशलाई रोक लगाएका हौं’ उनले भने ।
मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, पञ्जवली, लाखबत्ती बाल्ने , दर्शन गर्न जाने जस्ता धार्मिक गतिविधिमा पुर्ण रुपमा रोक लगाइएको छ । ढोरबाराही मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक सयौाको संख्यामा भक्तजनहरु दर्शनका लागि जाने गर्दथे ।