दुलेगौडा । शुक्लागण्डकी नागरिक समाजले नागरिकबाट आएको गुनासोलाई सम्बोधन गर्न १३ बुँदे माग सहित शुक्लागण्डकी नगरपालिकालाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा नगरले जनताबाट तिरेको करको दुरुपयोग गरेको उल्लेख गरिएको छ । नगरिकले पाउने सुविधाको वृद्धि गर्नुको साटो नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले आ–आफ्नो सेवा सुविधा, स्रोत र साधन बढाउन तल्लिन भएकोे बताईएको छ । ‘बरुजु बर्षै पिच्छे बढ्दै जानु, जनताका सेवा सुविधामा ध्यान नदिनु, फजुल खर्च वृद्धि हुनु र नगरपालिकाको बरुजु झन्डै आठ करोड पुग्नु जस्ता कार्यले आम नागरिक चिन्तित भएको पाईन्छ । अनावश्यक कर्मचारी व्यवस्थापन, अनियन्त्रित सवारी साधन, फजुल खर्च र तडकभडकप्रति नागरिक सन्तुष्ट देखिदैनन्’, भन्दै ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसै गरि,ज्ञापन पत्रमा महामारी पछि घर जग्गामा लगाईएको भौगोलिक कर संसोधन गर्न, बढ्दो वेरुजु रोक्न, मोटरेबल बाटोको ठेक्का पट्टामा भएको अनियमितता रोक्न, सार्वजनिक जमिन उत्खनन र पहुँचका भरमा जग्गा अतिक्रमण रोक्न, सार्वजनिक जमिनमा संञ्चालित उद्योग कलकारखानाको भाडा असुलि गर्न, व्यवस्थित तवरले फोहोर मैला व्यवस्थापन गर्न, योजनाको छनोट, लागत स्टमेट, सम्झैता, प्रविधिक जाँच आदिका कारणले भएको गुणस्तरहीन कार्यबारे ध्यन दिन, राजनीतिक प्रतिसोधपूर्ण कार्य बन्द गर्न, नागरिकले एउटै कामको लागि पटकपटक तिर्नुपर्ने दस्तुर खारेज गर्न र क्रसरबाट निस्कने हिलो न्यूनिकरण गरि सफा नदि प्रवाहमा ध्यान दिन आग्रह स्रहित नागरिक समाजले ज्ञापन पत्र बुझाएको हो ।
नागरिक समाजले उठाएका बिषयवस्तु अत्यन्त सान्दर्भिक रहेको उल्ले गर्दै आउदो कार्यपालिकाको बठक र नगर सभामा यो बिषयलाई उठान गर्ने प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए ।
नागरिक समाजका अध्यक्ष खेमराज खनाल सहितको टोलिले नगरपालिकाका मेयर किसान गुरुङ र प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौयानेलाई १३ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।