दुलेगौंडा । पेट्रोलियम पदार्थको मुल्य बृद्धी भएसँगै गण्डकी प्रदेश भित्र चल्ले सार्वजनिक सवारी साधनको भाडादर बढ्ने भएको छ । प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गर्ने निर्णय गरेको थियो ।
प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको छ भने नगर भित्र २२.५५ प्रतिशत भाडादर बृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५ भाडा बृद्धि गरिएको छ ।यसअघी संरकारले २८ प्रतिशतसम्म भाडादर बृद्धि गरेको थियो ।
यस्तै प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादरसरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने र माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ ।