गाछेपानी । भुलभुले बाराही एकता समाज शुक्लागण्डकीको अध्यक्षमा दर्गादत्त सापकोटा चयन भएका छन् । शुक्लागण्डकी नगरपालिका–३ भुलभुलेमा रहेको भुलभुले बाराही मन्दिरको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको ३० आंै स्थापना दिवसको अवसरमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएका हो ।
सोमबार भएको अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद सापकोटा, सचिवमा उमाकान्त पन्त, कोषध्यक्षमा हिरादेवी लम्साल, सहसचिवमा यमकान्त पौडेल चयन भएका छन् । सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, सर्मिला खनाल, शोभा सापकोटा, भवानिप्रसाद पौडेल, खेमराज ढुंगाना र नारायणी सापकोटा चयन भएका छन् ।
कार्यक्रममा बोल्दै समाजसेवी लालप्रसाद गर्ताैलाले मन्दिर ऐतिहासिक भएता पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताए । उनका अनुसार मन्दिरमा हरेक बर्षको चैते दशैको अष्टमीका दिन सामुहिक पुजा हुदै आएको छ ।
समितिका अध्यक्ष सापकोटाले अबको पाँच बर्षसम्म मन्दिरको विकासका लागि काम गर्ने बताए । मन्दिर आफैमा सुन्दर र शान्त ठाउँमा भएकाले भक्तजन तथा पर्यटकहरु मन्दिरसम्म आउने वातावराण सिर्जना गर्नका लागि पर्ने प्रतिबद्धता जनाए । हाल समाजमा ९४ जना सदस्य रहेका छन् ।