हलेदी । शिलादेवी युवा क्लबद्वारा माघे संक्रान्ति पर्वको अवसर पारी आयोजना गरिएको प्रथम शिलादेवी मिनि म्याराथनको उपाधि प्रदिप रिमाल र भेट्रान्स तर्फ सुमन विश्वकर्माले जितेका छन् ।
हलेदी खेलमैदानदेखी शिलादेवी मन्दिर सम्मको ३.७ किलोमिटरको दुरी २१ मिनेट २० सेकेन्ड समयमा पार गर्दै मिनि म्याराथनमा रिमालले प्रथम स्थान हासिल गरेका थिए । यसै गरी प्रतियोगितामा दिप गुरुङ द्धितीय भएका छन् । उनले निर्धारीत दुरी २२ मिनेट १ सेकेन्ड समयमा पार गरेका थिए ।
यसै गरि भेट्रान्स तर्फको मिनि म्याराथनको निर्धारीत दुरी २७ मिनेट २४ सेकेन्डमा पार गर्दै हलेदीका सुमन विश्वकर्मा प्रथम भएका छन्, भने पिपलटारका प्रकाश रिमालले निर्धारीत दुरी २८ मिनेट २९ सेकेण्डमा पार गरि द्धितीय भएका छन् । प्रतियोगितामा १८ जना सहभागि रहेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार र द्धितीय हुनेले नगद २ हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । शिलादेवी मन्दिरको प्रचार गरी पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नका लागि मिनि म्याराथन आयोजना गरिएको प्रतियोगिताका संयोजक हरी खरेलले बताए ।