दुलेगौंडा । बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको नमस्ते किड्र्स नेपाल संस्थाले शुक्लागण्डीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार शुक्लागडकी नगरपालिका १० र ११ मा रहेका १७ जना बालबालिकालाई उक्त न्यानो कपडा वितरण गरेको थियो ।
संस्थाले विगत ७ बर्ष अगाडीदेखी समाजमा रहेका अति विपन्न परिवरका बालबालिकालाई सहयोग गर्दै आएको संस्थाका तनहुँ जिल्ला संयोज खेमबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार संस्थाले विपनन बालबालिकाको संरक्षण गरि शिक्षा क्षेत्रमा सहज वातावरण तयार गर्न गरेको छ । हालसम्म शुक्लागण्डकीमा ३४ बालबालिकालाई संस्थाले मासिक रुपमा सहयोग गर्दै आएको जिल्ला संयोजक नेपालीले बताए । गत महिना संस्थाले विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको बताए । साथै संस्थाले मासिक रुपमा विद्याार्थीको आवश्यकतालाई मध्यनजर गरी सहयोग गर्दै आईरहेको छ ।
आज भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रलले अनुगमन गरेकी थिईन । उनका अनुसारसंस्थाले विपन्न परिवारका बालबालिकाको लागि उत्कृष्ट कार्य गरेको बताईन् । साथै उनले कुनै पनि संघ संस्थाले नगरपालिका क्षेत्रभित्र कार्य गर्दा नगरपालिकासंग अन’मति माग्नुपर्ने बताईन् ।
नमस्ते किड्र्स संस्था जर्मनी सस्थाको आर्थिक सहयोगमा परिचालित रहेकको । यसले नपालमा १४ जिल्लामा आफ्नो सहयोगका कार्यक्रम अगाडी सारेको छ । तनहँुमा पनि शुक्लागण्डकी र रिसिङका ३४ विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।