खैरेनीटार । शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले शुक्लागण्डकी ५ बरभञ्जयाङमा रहेको कुमारी प्राविमा अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको ४४ औं बार्षिकोत्सबको अवसरमा आफ्मा बुबा पदमबहादुर थापा, आमा उजेली थापा र मिश्रीमाया थापाको सम्मानार्थबाट १ लाख ११ हजार १ सय ११ रुपौयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
वडा सदस्य थापाले गरिब, जेहेन्दार विद्यार्थीले सहज शिक्षा प्राप्त गर्न सकुन भन्ने उद्देश्यबाट अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार उनका अनुसार उक्त विद्यालयमा केही अपाङता भएका अभिभावकका छोराछोरी पनि अध्ययन गर्ने हुदाँ उनिहरुका बालबच्चालाईं केही सहयोग गरि शिक्षा लिने अवसर प्रदान गर्छु भनेर अक्षयकोष स्थापना गरेको हो ।
वडासदस्य थापाले हालसम्म खैरेनी मा.वि, अमरज्योति मावि र त्रिभुवन माविमा आफ्नो नामबाट अक्षयकोष स्थापना गरी बालबालिकाको सिकाईलाई सहज बनाउने काम गरेका छन् ।