दुलेगौँडा । विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले सातौँ स्थापना दिवस अर्थात चार्टर नाईट मनाएको छ । क्लबले मंगलबार राति ह्वाईट हाउस पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी चार्टर नाइट मनाएको हो ।
कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर विश्वेश्वर आर्चायले क्लबद्धारा गरिएको सहयोग प्रभावकारी ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले शुक्लागण्डकीको पर्यटकीय राईपुर गाउँलाई घोषणा गरिएको मोडल भिलेज कार्यक्रम त्यति प्रभावकारी रुपमा अगाडी बढ्न नसकेको बताए । ‘हामीले राईपुर गाउँलाई उद्यमीमात्र नभई नमुना गाउँको रुपमा विकास गर्ने लक्ष्यका साथ मोडल भिलेजको अवधारणा अगाडी बढाएका थियौ । उक्त कार्य देखेर नजिकैको अर्काे गाउँलाई पनि प्रभाव पार्ने योजना रहेको थियो । तर,जहाँ सम्म मलाई लाग्छ, मोडल भिलेजको अवधारण लगिएपछि कुनै पनि क्लब गाउँमा पुग्न सकेको छैन् । स्थानीय क्लबले काम नगरेसम्म जिल्लाले पनि केही गर्न सक्दैन’, उनले भने ।
चार्टर नाईट कार्यक्रममा गर्भनर आर्चायले लायन्स क्लबका बरदान लामिछाने, प्रदिप थापा, बिष्णुबहादुर राना, फणिन्द्र पौडेल, दिपेन्द्र थापा, सुरेन्द्र अधिकारी, सफल आले र जीवन भट्टराईलाई अन्तराष्ट्रिय गर्भनरको पिनबाट सम्मान् गरेका थिए ।
क्लबका अध्यक्ष बिष्णुबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रिजन चियर पर्सन प्रदिप थापा, डिष्ट्रिक लायन ट्रेजर पृथ्वीराज तिमिल्सेना, लायन्स क्लब अफ म्यादेका अध्यक्ष सुरेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा चर्चित लोकदोहोरी गायकद्धय गगन गुरुङ र काजल गुरुङले धमाकेदार साँगीतिक प्रस्तुति राखेका थिए ।