खैरेनीटार । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको अध्यक्षमा बालकुमार वाग्ले चयन भर्एका छन् । शनिबार खैरेनीटारमा आयोजित सातौँ साधरण सभा तथा तेस्रो अधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भानबहादुर भुजेल चयन भए भने सचिवमा विजय थापा दोहोरिए । त्यस्तै कोषाध्यक्षमा बलराम सापकोटा, सहसचिवमा केशवराज पौडेल र सदस्यहरुमा मिलन सुवेदी, शरद थापा, बुद्धि आले, रमन राना, उपेन्द्रलाल श्रेष्ठ र दिपक सुनार चयन भएका छन् ।
यसअघि सभाको उद्घाटन गर्दै समितिका सल्लाहकार एवं आजिवन सदस्य हरिकुमार श्रेष्ठले विद्युत तथा प्लम्बर सेवा समिति दक्ष जनशक्तिको समुह भएको बताए । उनले बेरोजगार युवाहरुलाई समितिभित्र समेटेर दक्ष बनाइएको भन्दै प्लम्बर र टेक्निसियनहरु देशको कर्णधार भएको उल्लेख गरे । उनले यस क्षेत्र तुलनात्मक रुपमा अन्य क्षेत्र र पेसा भन्दा बढि जोखिम हुने भएकाले अनिवार्य जीवन विमा गर्नुपर्ने बताउँदै काम गर्नेक्रममा होशियारी अपनाउन र अस्वस्थ प्रतिष्पर्धा नगर्न सुझाव दिए ।
समितिका अध्यक्ष तिर्थराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ विद्युतीय व्यवसायी संघका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, युनियन लाइफ इस्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना, समितिका उपाध्यक्ष बालकुमार वाग्ले, सदस्य केशवराज पौडेल, दिपक पौडेल, सचिव विजय थापा लगायतले बोलेका थिए । कोषाध्यक्ष भानबहादुर भुजेलले आर्थिक बर्ष २०७७/०७८ को आयव्यय प्रस्तुत गरेका थिए ।