दमौली । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले तनहुँ जिल्लाको नवौं अधिवेशन आजदेखी सुरु हुदै छ । आज दिउसो गण्डकी प्रदेश सभा सदस्य किरण गुरूङले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।
जिल्ला अधिवेशनका लागि तनहुँका १० पालिका र ८५ वटै वडाबाट प्रतिनिधि छनौट गरिसकिएको छ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन हुने र त्यसको लागि ६ सय भन्दा बढि प्रतिनिधि हरू सहभागी हुने भएका छन् ।