दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका सामाजिक विकास शाखाले नगरभित्र रहेका टोल विकास संस्थाको नविकरण गराउनको लागि घुम्ती शिविर संञ्चालन गरेको छ । टोल विकास संञ्चालन कार्यविधि २०७६ बमोजिम दर्ता भएका संस्थाहरुको निवकरण गराउने तथा संस्थाका सदस्यहरुको पनि क्षमता विकास गराउने उद्देश्यले घुम्ती शिविर संञ्चालन गरेको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले बताईन् ।
आज (बिहीबार) शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा पनि नगरले टोल विकास संस्थाको नविकरण तथा अभिमूखिकरण कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्भ न्यौपानेले जनतालाई सरकारसंग जोड्ने संस्थाको रुपमा टोलविकास समिति रहेको बताए । उनले बहुआयामिक संस्थाको रुपमा टोल विकास समिति रहने हुदाँ समाजमा हुने हरेक गतिविधिमा निगरानि राख्नुपर्ने उनको भनाई छ । संस्थाले नै सरकारको समग्र शासन व्यवस्था कता लैजाने भनेर नेतृत्वदायि भुमिका खेल्ने हुदाँ संस्थाका नागरिक सचेत हुनुपर्ने प्रशासकीय अधिकृत न्यौपानेले बताए । ‘टोल विकास संस्थाले नै समग्र शासन व्यवस्थाको दिशा देखाउने मार्गदर्शक हो । यसले समाजमा आवाज हुनेहरुको आवाज मात्र बाहिर ल्याउने होईन, समाजमा आवाज नहुनेहरुको लागि पनि आवाज बन्नुपर्छ’,उनले भने ।
आज भएको कार्यक्रममा प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले निवेदन दिने तरिका, आवश्यक माग फारम भर्ने तरिकाको बारेमा संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । यसै गरि सामाजिक विकास शाखाकी प्रमुख पोख्रेलले जेष्ठ नागरीकले प्राप्त गर्ने सेवा सुविधा, अपाङ्गता भएका नागरिकको अधिकार र उनिहरुले प्राप्त गर्ने सेवा सुविधा,घटना दर्ता प्रणालि, घटना संसोधन, लक्ष्ति वर्ग, वौदेशीक रोजगारमा हुने घटनाहरुको बारेमा जानकारी प्रदान गरेकी थिईन् । उक्त कार्यक्रममा वडाका १६ वटा टोल विकास समितिका २५ जना सदस्यहरु सहभागि भएका थिए ।
नगरले पुस १८ गतेदेखी यो अभियानलाई निरन्तरता दिदै आएको आएको थियो । हालसम्म नगरका वडा नंम्बर १, २, ३ र ४ मा यो कार्यक्रम सम्पन्न भएको छ भने पौष २५ र २६ गते वडा नमबर ५ र ६ मा पनि यो अभियान संञ्चालन हुने नगरले जनाएको छ ।