• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

ग्रामिण क्षेत्रका विद्यार्थीलाई लायन्सको सहयोग

हरि खरेल हरि खरेल
January 4, 2022
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

स्याङ्जा । लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले ग्रामिण क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा, टिफिन बक्स र शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार स्याङ्जाको पुतलिबजार नगरपालिका–६ दाङ्गलिङ्ग काउलेमा रहेका शिशु कल्याण जनप्रिय आधारभुत विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै मोडेल भिलेज चिफ तनहुँका प्रमुख कृष्णप्रसाद पौडेलले तनहुँ, स्याङ्गजा र कास्कीको सिमानामा रहेर पनि विद्यालयको सुधार र विकास गर्नका निम्ति कसैको नजर पुग्न नसकेको बताए । उनले विद्यालयमा लायन्सको आगमन भएको हुदाँ आफुहरुको लागि विद्यालयको ढोका सधै खुल्ला रहने र क्लबले पनि बर्षेनी सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरे ।

विद्यालय पढाउदै गर्दा विद्यार्थीको अनेकन समस्या देख्दा विद्यालयले उक्त समस्याको समाधान गर्न नसकेको विद्यालयका प्रधानाध्यापक यमबहादुर खवासले बताए । कार्यक्रम भावुक हुदै भने ‘मैले पढाउदै गर्दा तेरे ईलेजर एकैछिन् लेन, तेरो एकपन्ना कपि मलाई लेन, तेरो कलमको ठुटा भएनि लेन भनेको देखिन्छ र सुनिन्छ पनि । तर विद्यालयको स्रोत नहुदाँ हामीहरुले केही गर्न सकिरहेका थिएनौ । पछिल्लो समय जाडो बढ्दै जादाँ एउटाले अर्काको टोपि थुत्दिने, गल्बन्धी थुत्ने लगायतका घटनाहरु हामीले देख्छौ । तर केहि गर्न सकिरहेका थिएनौं । यहाँको यो राहातले असाधै ठुलो खुसी मिलेको छ ।’

विद्यालयका प्र.अ खबासले विद्यार्थीको शैक्षिक स्थिती माथि उकास्न कोसिस गरेता पनि विद्यार्थीको अनेकन समस्याका कारण सअफल भईरहेको बताए । ‘मेरो विद्यालयका ९० प्रतिशत विद्यार्थीलाई अबको ५ बर्ष भित्र ए प्लस ल्याउनुपर्छ भन्ने योजना पनि राखेको छु । त्यहि किसिमले म मरिमेटेको छु । तर त्यस्को लागि वातावरण चाहिन्छ । यस्तो वातावरण निर्माण गर्नका लागि यहाँहरु जस्तो लायन्सको सहयोग चाहिन्छ । हामीले अझैपनि तपाईहरुप्रति आशाको आँखाले हेरेका छौं’, उनले भने । विद्यालयमा पिउने पानिको लागि जार, खेल्नको लागि भकुण्डो लगायतका समस्याहरु रहेको बताए ।

प्रधानाध्यापक खवासले विद्यालयका समस्याहरु सुनाएपछि लायन्सका मोडेल भिलेज सहायक चिफ झसलप्रसाद शेरचनले दुई थान भकुण्डो, लायन्सका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठले प्रत्यक कक्षामा जारको व्यवस्था गरिदिने जिम्मा लिए । साथै उक्त कार्यक्रममा क्लष्टर १४ का चिफ सन्तोस घिमिरे,जोन ६२ का जोज चियर पर्सन लायन्स वरदान क्षेत्री लगायतले विद्यालयको शैक्षिक क्षेत्रको सुधार गर्नका लागि आवश्यक क्षेत्रमा पहल गर्ने बताए ।

क्लबका अध्यक्ष फणिन्द्र पौडेलको सभापत्तिवमा सम्पन्न भएको कार्यक्रममा विव्यस अध्यक्ष, लेखबहादुर गुरुङ, लियो क्लबका अध्यक्ष प्रेमराज तिवारी, लायन्सका टिकाराम श्रेष्ठ, रामप्रसाद लम्साल, शम्भु पौडेल, विवेक वाग्ले, शिक्षाविद हरिकुमार श्रेष्ठ लगायतले विद्यालयमा पुगेर उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

लागू औषध सहित एक युवक प्रकाउ
स्थानीय समाचार

लागू औषध सहित एक युवक प्रकाउ

June 7, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
स्थानीय समाचार

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023
गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
स्थानीय समाचार

गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई

June 7, 2023
शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
स्थानीय समाचार

शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा

June 6, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
स्थानीय समाचार

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
आज विश्व वातावरण दिवस
स्थानीय समाचार

आज विश्व वातावरण दिवस

June 5, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.