दुलेगौंडा । आज पुस १५ अर्थात गुरुङ समुदायको महान पर्व तमु ल्होसार हो । यसलाई गुरुङ समुदायको नयाँ वर्षको रुपमा पनि लिईन्छ । यस दिन गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि हर्षेल्लासका साथ पर्व मनाउने गर्दछन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित पुलचोक क्षेत्रमा पनि दुलेगौंडा–गणपति तमु समाजले संस्कृतिक कार्यक्रमका बिच ल्होसार पर्व मनाएको छ । समाजमा रहका सदस्यहरुले आफ्नो समुदायको पहिचानको रुपमा रहेको मरुनि नृत्य प्रस्तुत गरेका थिए । साथै मैलिक रुपमा गित गाएर तमु ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।
फोटो फिचर