दुलेगौंडा । भोलि (पुस १५) गुरुङ समुदायको महान पर्व तमु ल्होसार हो । यसलाई गुरुङ समुदायको नयाँ वर्षको रुपमा पनि लिईन्छ । यस दिन गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि हर्साेल्लासका साथ पर्व मनाउने गर्दछन् । गुरुङ जातिको उल्लेख्य बसोबास रहेको गण्डकी प्रदेशमा यहाँको सरकारले भोलि अर्थात पुस १५ गते तमु ल्होसारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको गत बर्ष चैत २७ गतकोे निर्णय अनुसार विदा दिईएको हो । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का उपसचिव नेत्रप्रसाद पौडेलको हस्ताक्षर रहेको पत्रमार्फत सार्वजनिका विदाको सुचना प्रकाशित गरेको छ । यस दिन प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा गर्ने मन्त्रिपरिषद निर्णय छ ।