काठमाण्डाै –नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि शुरु हुँदैछ।
यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आए पनि माओवादीले शनिबार साँझ महाधिवेशनमा रूपान्तरण गरेको हो। प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे हुने भनिएकोमा ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।
सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठौँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षक काठमाण्डौ आइसकेका छन् ।सम्मेलनमा कुल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ।