शुक्लागण्डकी जेसिजको १९ औं शाखा अधिबेशनबाट शिब बहादुर बिक अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन् ।
शुक्रबार व्हाईट पार्टी प्यालेस, दुलेगौंडामा भएको अधिबेशनबाट बिक बर्ष २०२२ का लागी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । तेस्तै कार्यकारीणी उपाध्यक्षमा प्रकाश बिक र आशिष श्रेष्ठ निर्वाचित भएका छन् । समितिको महासचिबमा इश्वर कुमार श्रेष्ठ, कोषाध्यक्षमा सन्जिब श्रेष्ठ, उपाध्यक्षमा सरोज गौतम, हरि प्रसाद पौडेल, सह सचिबमा सुरज लम्साल, सह कोषाध्यक्षमा दिपेन्द्र रिमाल, कानुनि सल्लाहकारमा ई. अनिश कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
आजै अध्यक्ष सल्लाहकारमा क्षेत्रबहादुर थापा क्षितिज, सन्तोष श्रेष्ठ र रमेश भण्डारी चयन छन् । शुक्लागण्डकी नगरपालिकाको अग्रणी संस्थाको रुपमा चिनिएको शुक्लागण्डकी जेसिजको स्थापना सन् २००३ मा भएको थियो । १६ देखि ४० बर्षसम्मका व्यक्तिहरु मात्रै सदस्य बन्न पाउने यस संस्थामा एक व्यक्ति एक बर्षमात्रै पदमा रहन मिल्ने प्राबधान रहेको छ ।