दुलेगौंडा । पछिल्लो समयमा जाडो अत्याधिक मात्रामा बढेको छ । जाडोको समयमा ग्रामिण क्षेत्रमा कतिपय विद्यार्थीहरु निलो पोषकमा विद्यालय जाने आउने गरेको गरेका छन् । उनिहरुलाई जाडोको महशुस भएता पनि शिक्षा हासिल गर्नका लागि विहानै विद्यालयसम्म पुग्ने र बेलुकीपख घर फर्कने गरेका छन् । यसै विच बढ्दो जाडोलाई मध्ये नजर गर्दै लायन्स क्लव अफ शुक्लागण्डकीले ग्रामिण क्षेत्रको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।
बुधबार क्लबले े शुक्लागण्डकी नगरपालिका ६ ब्यागनमा रहेको त्रिभुवन प्रा.विका विद्यार्थीलाई सहयोग सामाग्री प्रदान गरेको सचिव विजय अर्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थी भविष्यका कर्णधार हुन् । जाडोको समयमा विद्यार्थीले न्यानो कपडा लगाएर अनुकुल वातावरणमा शिक्षा लिदाँ सहज सिकाई हुने हुन्छ । त्यसैले हामीले ग्रामीण क्षेत्रका विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेका हौं ।
सहयोग सामाग्री सहित गाउँ पुगेका क्लवका सदस्यहरुले त्यहाँका ३९ विद्यार्थीलाई न्यानो कपडा, मास्क, सेनिटाईजर र शैक्षिक सामाग्री प्रदान गरेको अर्यालले बर्ता । क्लवका अध्यक्ष लायन दिपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा जोन ६२ का जोन चियर पर्सन लायन मिनबहादुर लामिछाने, कमिटी चियर पर्सन, एमजेएफ बुद्धीबहादुर थापा, समाजसेवी नरबहादुर थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर परियार र विद्यालयका प्रधानाध्यापक तिलबहादुर थापा लगायतले बोलेका थिए ।