दुलेगौंडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको छैटौ वार्षिक साधारण सभाले ज्योतिकुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
रेडियोका अध्यक्ष पूर्णकुमार श्रेष्ठको गत जेठमा हृदयघातका कारण असामयिक निधन भएपछि ज्योतिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । सोमबार दुलेगौंडामा भएको साधारण सभा एवम् विशेष अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरु भने यथावत रहने गरि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, कोषाध्यक्षमा शिव पौडेल, सहसचिवमा सुरेन्द्र पौडेल रहेका छन् । यस्तै गरि सदस्यहरुमा बुद्धिबहादुर थापा, टिकाराम श्रेष्ठ, सुजित हिराचन, दिनेश घिमिरे, हरिलाल रिमाल, सुवासचन्द्र गिरी र राजेन्द्र पौडेल छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य आरजु विष्ट ‘सल्यानी’ले समय सापक्ष रेडियोलाई पनि सोहि अनुसार अगाडी बढाउनु पर्ने बताए । ज्योतिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठ, सल्लाहकार कमलमोहन घिमिरे, उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई ऋतु, प्रसारण उपसमिति संयोजक टिकाराम श्रेष्ठ, सञ्चालक समिति सदस्य बुद्धिबहादुर थापा, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोलेका थिए ।
सो अवसरमा उत्कृष्ट कर्मचारी कार्यक्रम प्रमुख सावित्रा कोइराला, उत्कृष्ट स्रोता भिमाद–५, पाटनकी सजिना गुरुङ र उत्कृष्ट विज्ञापनदाताको रुपमा एमएचपी शैलुन दुलेगौंडाका सञ्चालक अब्दुल कयुम, शेयरधनी सदस्यबाट सुलभ मोबाईलका सञ्चालक राजेन्द्र पौडेल र दिर्घायु फर्निचरका सञ्चालक लक्ष्मीराज वाग्लेलाई सम्मान गरिएको थियो ।