बेलचौतारा । तनहुँकोे शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसले आयोजना गरेकोे खुल्ला विद्यालय तथा क्याम्पस स्तरीय नृत्य प्रतियोगितामा अरनिको आवसिय माध्यामिक विद्यालय कवासे प्रथम भएको छ । क्याम्पसको ३५ औँ बार्षिकोत्सव एव अभिभावक दिवस समारोहको अवसरमा आयोजित प्रतियोगितामा १० समुहलाई पछाडि पार्दै अरनिकोले प्रथम स्थान हासिल गरेको हो । प्रथम भएसंगै उक्त विद्यालयले नगद १० हजार साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा आयोजक भानुभक्त बहुमुखी क्याम्पसको समुह दोस्रो भएको छ भने जनकल्याण माध्यामिक विद्यालय बेलचौतारा तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समुहले नगर आठ हजार र पाँच हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त पुरस्कार लुम्बिनि बिकास बैंक खैरेनिटार शाखाले प्रायोजन गरेको क्याम्पस प्रशाशनले जनाएको छ ।
यसै गरि आईतबारनै क्याम्पसले अन्तर माध्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि सम्पनन गरेको थियो । प्रतियोगितामा पञ्चमुनिदेव माध्यामिक विद्यालय प्रथम, तालबेसी माध्यामिक विद्यालय द्धितीय र लिटल गार्डेन बोर्डिङ्ग स्कुल तृतीय भएको छ । उनिहरुले क्रमस नगद ५ हजार, ३ हजार २ हजार साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् । यस पुरस्कारको प्रायोजन एनसिसि बैंङले गरेको छ ।
क्याम्पसले बार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु संञ्चालन गरेको थियो । प्रतियोगितामा विजेता हुने समुह तथा विद्यार्थीहरुले भोलि सोमबार हुने क्याम्पसको ३५ औँ बार्षिकोत्सव एव अभिभावक दिवस समारोहमा पुरस्कार वितरण गर्ने क्याम्पस प्रशासनले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पुरस्कार वितरण गर्ने जनाईएको छ ।